थप समाचारसोमबार, मंसिर ८, २०७१
ओबामाको घोषणापछि नेपाली उत्साहित
राष्ट्रपतीय बिशेषाधिकारको प्रयोग गर्दै ओबामाले गरेको घोषणाले बिना कागजात
अमेरिका पुगेका थुप्रै नेपालीहरुले पनि अस्थायी बसोबास गर्ने अनुमति पाउनेछन् । अमेरिकामा ५० हजार बढी आप्रबासीसँग वैधानिक कागजपत्र नभएको अनुमान गरिन्छ । ओबामाको घोषणासँगै अव अवैधानिक रुपमा अमेरिका पुगेकाहरुले लुकेर बस्नुपर्ने छैन ।
उनले यो सँगैै गैरकानुनी रुपमा सिमा पार गर्ने क्रम रोक्नलाई सीमा क्षेत्रमा सशक्त कानुन कार्यान्वायन, त्यहाँ कार्यरत अधिकारीहरुका लागि आवश्यक थप श्रोत–साधनहरु उपलब्धता गर्ने घोषणा गरेका छन् ।
त्यस्तै, उच्च क्षमता र बिशेष सीप भएका आप्रवासीहरु, अमेरिकी शैक्षिक सँस्थाहरुमा शिक्षा हासिल गरी सकेका विद्यार्थीहरु र ब्यापारीहरुलाई अमेरिकी अर्थतन्त्रमा योगदान पुराउँने गरी अमेरिकामा बस्ने सजिलो र छरिटो वातावरण बनाउने घोषणा गरेका छन् । पहिलेदेखि अमेरिका भित्र बस्दै आएका लाखौं कागजपत्रविहिन आप्रवासीलाई कानुनी रुपमा बस्ने वातावरण बनाउने कुरालाई उनले जोड दिएका छन् ।
ङिमा पाख्रिन, अमेरिका
