समाचारसोमबार, मंसिर ८, २०७१

नेकपा–माओवादीबाट चन्द समूह बाहिरिए

हिमालखबर

नेत्रविक्रम चन्द पक्षले ८ मंसीरमा केन्द्रीय कार्यालय बुद्धनगरमा पत्र पठाउँदै अब मोहन वैद्यको नेतृत्वमा बस्न नसक्ने घोषणा गरेको छ । ७ मंसीरको विस्तारित बैठकमा आफ्नो भनाइ राखेका चन्दले ८ मंसीर बिहान भने अब सँगै बस्न नसक्ने पत्र पठाएका हुन् ।

पार्टीसँग सम्बन्ध विच्छेद गरेकाे घोषणा गर्दै चन्द पक्षले आगामी कार्यदिशाबारे केही दिनभित्रै निर्णय गर्ने जनाएको छ ।

चन्द पक्षीय केन्द्रीय सदस्य किरण राईले अध्यक्ष वैद्यसँग अव एक ठाउँमा बस्न नसक्ने बताए। उनले भने, ‘‘असन्तुष्ट पक्षलाई पूर्ण वेवास्ता गरियाे, त्यसैले छुट्टै बाटो लिने निर्णय गरेका हौं ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>