समाचारबुधबार, आश्विन २४, २०६९

शर्माको निधनप्रति नेपाली कांग्रेसद्वारा शोक व्यक्त

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २४ असोजमा विज्ञप्ति जारी गर्दै एकतन्त्रीय राणा शासनको विरोधमा प्रजा परिषद् पार्टी स्थापना गरेर देशमा प्रजातन्त्र स्थापना गर्ने संघर्षमा लागेका ज्युँदा शहीदका रुपमा चिनिने रामहरि शर्माको निधनमा गहिरो दुख लागेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “वि.स. १९९३ साल जेठ ३० गते काठमाडौँको झोन्छे स्थित शहीद धर्मभक्तको घरमा अत्यन्त गोप्य रुपले टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा समेतले प्रजा परिषद् स्थापना गरेका थिए ।”

२००७ सालको जनक्रान्ति सफल भएपछि मात्र १० वर्षको कठोर सजायपछि शर्मा रिहा भएको स्मरण गर्दै विज्ञप्तिमा प्रजातन्त्रका निम्ति आफूलाई समर्पित गर्ने जेठा राजनीतिज्ञ शर्माको शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

रामहरि शर्माको २४ असोज बिहान ९६ वर्षको उमेरमा निधन भएको हो । रक्तचापमा कमी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई त्रिपुरेश्वरस्थित ब्ल्यु क्रस अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>