समाचारबुधबार, मंसिर १०, २०७१

मोदीको अभिव्यक्ति आपत्तिजनकः श्रेष्ठ

हिमालखबर

Narayan-kaji-Shrestha“हामी पनि संविधान सहमतिकै आधारमा हुनुपर्छ भनिरहेका छौं तर यो नेपालका जनता र राजनीतिक दलहरु आफैंले निर्णय गर्ने कुरा हो, अरु कसैले भनिरहन आवश्यक छैन,” उपाध्यक्ष श्रेष्ठले भने, “यसबारे मोदीजीले संख्यात्मक होइन सहमतिबाटै जानुपर्छ भनेर जसरी डिक्टेट गर्न खोज्नु भयो, त्यो ठिक भएन । यो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने किसिमले आयो ।”

एमाओवादी नेताहरुसँग ९ मंसीर साँझ भएको भेटमा पनि भारतीय प्रधानमन्त्री मोदीले आन्तरिक राजनीतिमै रुचि राखेको उनको भनाई थियो ।

“हामीसँगको भेटमा उहाँले नेपाल–भारत द्विपक्षीय मामिला वा जारी सार्क सम्मेलनका सन्दर्भमा कुनै चर्चा नै गर्न चाहनु भएन,” श्रेष्ठले भने, “नेपालको आन्तरिक राजनीतिक परिस्थितिबारेमात्र रुचि राख्नुभयो ।”

कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>