थप समाचारबुधबार, मंसिर १०, २०७१

पाकिस्तानः टिभी मालिक र अभिनेत्रीलाई २६ वर्षको जेल

हिमालखबर

इन्टरनेट तस्वीर

इन्टरनेट तस्वीर

पाकिस्तानको गिलगित–बल्टिस्तानको आतंकवाद निरोधक अदालतले टिभी मालिक मिर शकिलुर रहमानसँगै अभिनेत्री बिना मलिकलाई २६ वर्षको जेल सजाय सुनाएको छ । जियो टिभीमा प्रशारित कार्यक्रमले मुस्लिम धर्मको भावनामा ठेस पुर्‍याएको ठहर गर्दै अदालतले उनीहरुलाई जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

बीबीसीले अदालतलाई उद्धृत गर्दै लेखेको छ, “उनीहरुको क्रियाकलापले मुस्लिम धर्मको भावनामा ठेस पुर्‍याएको छ, यस्तो क्रियाकलाप रोक्नका लागि कडा सजाय दिन जरुरी छ ।”

टिभीबाट प्रशारित कार्यक्रमको धार्मिक गीतमा अभिनेत्री मलिक आफ्ना श्रीमानसँगै नाचेकी थिइन् । पाकिस्तानमा धार्मिक गीतमा नाँच्नलाई ‘ईशनिन्दा’ मानिन्छ ।

अदालतले टिभी मालिक रहमानलाई १३ लाख पाकिस्तानी रकम जरिवानाको पनि फैसला सुनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>