समाचारबुधबार, आश्विन २४, २०६९

रहेनन् जिउँदा शहीद रामहरि शर्मा

हिमालखबर

रक्तचापमा कमी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई त्रिपुरेश्वरस्थित ब्लु  क्रस अस्पतालमा भर्ना गरिएको थियो । ललितपुरको किटिनीमा विसं १९७३ कात्तिक पूर्णिमामा जन्मेका शर्माको बिहान ९ बजेतिर अस्पतालमा निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

आजभन्दा ८६ वर्षअघि रामहरि शर्मा र टंकप्रसाद आचार्य सहित चार शहीदहरु दशरथचन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री राणा शासन बिरोधी आन्दोलनमा थिए । फलस्वरुप १९९३ साल ३० जेठमा धर्मभक्तको घरमा अत्यन्त गोप्य रुपले टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा समेतले प्रजा परिषद् स्थापना गरे । शर्मा पार्टीको महामन्त्री भए भने टंकप्रसाद आचार्य सभापति, दशरथ चन्द उपसभापति बने ।

प्रजापरिषदले स्थापनाकालदेखि राणाशासन बिरुद्धमा पर्चा, पम्पलेट छर्ने र जनचेतना जगाउने काममा सक्रिय भयो । तर, वि.सं. १९९७ मा सबै पक्राउ परे । दशरथचन्द, धर्मभक्त, गंगलाल, शुक्रराजलाई मृत्युदण्डको सजाय सुनाइयो भने रामहरी शर्मा र टंकप्रसाद आचार्यलाई उतिबेलाको व्यवस्था अनुसार ब्राह्मण भएका कारणले मृत्युदण्ड दिइएन । शर्मा र आचार्यलाई राणा शासकले चारपाटा मुडेर भद्रगोल जेलमा फलामको पिंजडामा कडा नेल र हथकडी लगाएर थुने ।

बोल्ने, लेख्ने, पढ्ने जस्ता नागरिक हकमा बन्देज लागेको त्यो बेलाको हुकुमी शासनमा राजनीतिक दलको स्थापना गरेर नेपाली जनतामा राणा शासनविरुद्धको चेतना जगाउनु सानो साहसले हुने कुरा थिएन । संयोगबस विश्वले मृत्युदण्ड बिरुद्धको दिवस मनाइरहेका बेला राणा शासनकालमा मृत्युदण्डको सजाय पाएर जोगिएका एक योद्धाको निधन भएको छ । उनको २४ असोजमै पशुपति आर्यघाटमा अन्त्येष्टी भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>