समाचारबुधबार, आश्विन २४, २०६९
नेकपा–माओवादीले ‘जनमुक्ति सेना’ बनाउने
२४ असोजमा राजधानीमा जन स्वयम्सेवक ब्यूरोको महाधिवेशनको उद्घाटनका क्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली क्रान्तिलाई धोका दिएको आरोप लगाए । उनले भने, “अब बाँकी रहेको क्रान्तिको भारलाई हामी थेग्दै अगाडि बढाउँछौं ।”
यसैगरी सचिव नेत्रविक्रम चन्दले मुलुकको परिस्थिति सुध्रने अवस्था नरहेमा महाधिवेशनले नयाँ युद्धको सुरुवात गर्न सक्ने चेतावनी दिंदै आत्मसपर्णवादीसँग लड्न जनमुक्ति सेना घोषणा गर्न सक्ने वताए ।
कार्यक्रममा अध्यक्ष वैद्यले आवश्यक परे जुनसुकै आन्दोलन गर्न पनि पार्टी तयार रहेको वताएका थिए ।
