थप समाचारबिहीबार, मंसिर ११, २०७१

नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ

हिमालखबर

पर्साको बेल्वा–९ बस्ने बाबुलाल महतो धांगडको छोरा राधा किसन महतो धांगड बनी भारतीय नागरिक राधाकृष्ण उरावले झूठा विवरण पेस गरी नागरिकता लिन प्रयास गरेको पुष्टि भएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ ।

भारत, विहार राज्यको पश्चिम चम्पारण जिल्ला बेतीया ग्राम पञ्चायत, बैरागी सोन वर्षा थाना, चिउटाहा घर भएका बाबुलाल महतो धांगड र रमेश महतोसमेत भई राधाकृष्ण उरांवलाई राधाकिशन महतो धांगड बनाई झूठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्सामा लगी नेपाली नागरिकताका लागि आवेदन पेस गरिएको थियो ।

उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा पेस गरिने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>