थप समाचारबिहीबार, मंसिर ११, २०७१

धादिङ दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

हिमालखबर

धादिङको तसर्पु गाविसमा ११ मंसीर बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् ।

तसर्पु गाविसबाट धादिङकै पिपलटार जाने क्रममा जीप दुर्घटना हुँदा तसर्पु–७ की शान्ति लामो मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दुर्घटनामा जीप चालक पुर्ण गोले, १४ वर्षीय सुजन लामा, ११ वर्षीय सुदिप लामा घाइते भएका छन् । अरु घाइतेको नाम खुल्न सकेको छैन ।

जीप सडकबाट सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>