समाचारबिहीबार, मंसिर ११, २०७१
सार्कः उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर
सार्क सदस्य राष्ट्र तथा सरकार प्रमुखहरुको उपस्थितिमा ८ वटै देशका विदेशमन्त्रीहरुले ऊर्जा र विद्युतिकरण सहकार्यमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी आगामी १९ औं सार्क सम्मेलन दुई वर्षपछि पाकिस्तानमा हुने पनि सम्झौता भएको छ ।
यसअघि सवारी साधन र रेलमार्ग सम्बन्धी सम्झौता हुने भनिए पनि पाकिस्तानले आफ्नो आन्तरिक तयारी गर्न बाँकी रहेको बताएपछि त्यसबारे ६ महिनापछि हुने सार्क विदेश मन्त्रिस्तरीय बैठकमा सम्झौता गर्ने सहमति भएकोे छ ।

