समाचारबिहीबार, मंसिर ११, २०७१
मोदी र शरीफ भलाकुसारीपछि हाँस्दै विदा भए
काठमाडौंमा भएको सार्क शिखर सम्मेलन समापन समारोहको अन्त्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले केही समय हात मिलाएर कुराकानी गर्दा समारोहमा सहभागी सबैले ताली बजाएर स्वागत गरेका थिए ।
उद्घाट्न सत्रमा दुई प्रधानमन्त्रीबीच कुराकानी त के हेराहेर समेत नभएको भन्दै दुवै देशका सञ्चारमाध्यमहरुमा निकै चर्चा भएको थियो ।
दुवै जनाले हाँसेर हात मिलाउँदै गर्दा सँगै उभिएका अन्य सार्क राष्ट्र तथा सरकार प्रमुखहरुले पनि खुशी व्यक्त गरेका थिए ।
कोइरालाकै पहलमा धुलिखेलमा भएको रिट्रिटमा पनि मोदी र शरीफबीच अनौपचारिक कुरा भएको थियो ।
