समाचारबिहीबार, मंसिर ११, २०७१

मोदी होटल जाँदै गर्दा बीचमै ‌ओर्लिए

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालिमाटीमा सर्वसाधारणसँग हात मिलउँदै । तस्वीर: सैयद अकबरुद्धिनको ट्विटरबाट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालिमाटीमा सर्वसाधारणसँग हात मिलउँदै । तस्वीर: सैयद अकबरुद्धिनको ट्विटरबाट

१८ औं सार्क शिखर सम्मेलको समापन समारोहपछि ११ मंसीर साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोल्टी होटेलतर्फ जाँदै गर्दा कालिमाटी चोक नजिक रत्न ज्वेलर्स अगाडि सडक छेउमा उभिएका जनतासँग हात मिलाएका छन् ।

मोदीले सडक छेउमा बढी भीड भएको ठाउँमा ओर्लिएर सर्वसाधारणसँग हात मिलाएका हुन् । उनी गाडीबाट ओर्लिएर आफूतिर आउँदै गरेको देखेपछि त्यहाँ उभिएका सर्वसाधारणले पनि ताली बजाएर स्वागत गरेका थिए ।

यसअघि, चार महीना पहिलेको नेपाल भ्रमणका बेला पनि मोदीले नयाँ बानेश्वर नजिक सडकमै उत्रिएर नेपालीसँग हात मिलाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>