समाचारबिहीबार, मंसिर ११, २०७१
यमीनलाई राजापाक्षले लिफ्ट दिने
काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनबाट फर्कने क्रममा राजापाक्षले श्रीलंकासम्म राष्ट्रपति अब्दुल्लाह यमीन अब्दुल गयुमलाई लिफ्ट दिने भएका हुन् । यसअघि कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै स्वदेश फर्कने तयारीमा रहेका यमीन स्वदेशमा जरुरी काम परेको भन्दै श्रीलंकासम्म राजापाक्षको विमानमा जाँदैछन् ।
१० मंसीरबाट शुरु भएको सम्मेलन ११ मंसीर साँझ सकिएको छ ।
राष्ट्रपति डा.रामवरण यादवले दिएको रात्रीभोजमा सहभागी भइरहेका राजापाक्षे र यमीन आजै स्वदेश फर्कदैछन् ।
