थप समाचारशुक्रबार, मंसिर १२, २०७१

गैँडामा स्याटेलाइट रेडियो कलरिङ

हिमालखबर

बर्दियाको खाता जैविक मार्गमा रहेको एक गैँडामा रेडियो कलरिङ गरिँदै । तस्वीर सौजन्यः शैलेन्द्र यादव (राष्ट्रिय प्रकृती संरक्षण कोष, बर्दिया)

बर्दियाको खाता जैविक मार्गमा रहेको एक गैँडामा रेडियो कलरिङ गरिँदै । तस्वीर सौजन्यः शैलेन्द्र यादव (राष्ट्रिय प्रकृती संरक्षण कोष, बर्दिया)

११ मंसीर दिउँसो खाता जैविक मार्गमा पर्ने डल्ला सामुदायिक वनमा रहेको संकेत नम्बर २४ को शिवु गैँडामा कलरिङ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

खाता जैविक मार्गमा भारतको कर्तनियाघाट वाईल्डलाईफ सेन्चुरी र बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्छन् । त्यहाँका थप तीन गैँडामा पनि रेडियो कलरिङ गरिने निकुञ्जका संरक्षण प्रमुख अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट बबई उपत्यकामा स्थान्तरण गरिएका केही गैंडामा पिछा गर्दै जाने प्रविधिको ब्याट्री राखिएको रेडियो कलरिङ गरिएको थियो । द्घन्द्घकालमा बबई उपत्यकाका सबै गैंडा मारिएकोमा अन्य विभिन्न निकुञ्जबाट स्थानान्तरण गरिएको थियो ।

हाल बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरीयाले जानकारी दिए ।

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>