समाचारशुक्रबार, मंसिर १२, २०७१

फर्किए सार्कका सबै विशिष्ट पाहुनाहरु

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानी प्रधानमन्त्री । तस्वीर: रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानी प्रधानमन्त्री । तस्वीर: रासस

१८ औं सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका राष्ट्रप्रमुख सरकारप्रमुखहरु सबै आफ्ना देशमा फर्किएका छन् । सबैभन्दा पछि भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे १२ मंसीरमा ड्रुक एयरको १२स्४५ को नियमित उडानबाट थिम्पु गएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, मुख्यसचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्तकुमार गौतम, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, प्रधानसेनापति गौरव शमशेर राणालगायतले बिदाइ गरे ।

यसअघि आजै बिहान बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बंगलादेशको नियमित उडानबाट स्वदेश फर्केकी थिइन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, श्रीलंका राष्ट्रपति महिन्दा राजापाक्ष र अफगानिस्तानका राष्ट्रपति असरफ घानी ११ मंसीर राति नै आ–आफ्ना विशेष विमानबाट स्वदेश फर्किएका थिए ।

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन श्रीलंकाका राष्ट्रपतिसँगै लिफ्ट लिएर फिर्ता भएका थिए ।

बंगलादेशका  प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्कदै । तस्वीर: रासस

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्कदै । तस्वीर: रासस

सवै विशिष्ट अतिथिहरु फर्केसँगै काठमाडौंमा सवारी साधन सञ्चालनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>