समाचारशुक्रबार, मंसिर १२, २०७१
दुर्घटनामा १ को मृत्यु, १५ घाइते
कञ्चनपुरको कृष्णपुर–२ लालझाडी बन क्षेत्रमा म. १ ख. ४१५ नम्बरको बस दुर्घटना हुँदा दैजी गाविसका सुरेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सुरेश बसका सहचालक हुन् ।
घाइते १५ जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।
बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।
बच्चु विक, महेन्द्रनगर
