समाचारशुक्रबार, मंसिर १२, २०७१
विपक्षी दलका नेताहरुले सरकारको प्रशंसा गरे
उनीहरुले अन्तर्राष्ट्रिय समुदायसम्म सन्देश जाने गरी सम्मेलन सकेको भन्दै प्रशंसा गरेका हुन् । सम्मेलनको तयारीको पक्षलाई उनीहरुले राम्रो भनेका छन् ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मेलन आयोजनाको पक्ष राम्रोसँग सफल भएको बताए । उनले भने, “सार्कले गति नलिनु बेग्लै कारण हो, तर सम्मेलन राम्रो भयो, धन्यवादको पात्र सरकार हो ।’’
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपलब्धि धेरै नभए पनि तयारी पक्ष राम्रो भएको बताए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जीतेन्द्र देवले लामो समयदेखि संवादहीन बनेको भारत र पाकिस्तानबीचको सम्बन्ध नजिक बनाउन सरकारले राम्रो भूमिका खेलेको बताए ।
सम्मेलनको आयोजनाले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न नेपाल सफल छ भन्ने देखाएको उनीहरुले बताए ।
