समाचारशुक्रबार, मंसिर १२, २०७१

डा. डङ्गोलका आँखाले अरु दुईजनालाई दृष्टि दिए

हिमालखबर

बौद्ध विद्वान डा सानुभाई डंगोलको मृत्युपश्चात तिलगङ्गा आँखा प्रतिष्ठानका प्राविधिकले आँखाको नानी निकाली भैरहवा आँखा अस्पताल पुर्‍याएर दुईजना भारतीय नागरिकका आँखामा सफल प्रत्यारोपण गरिएको छ ।

एउटा आँखा भारतको नौतनवा निवासी ३२ वर्षीय ‘मण्डल’ थरका युवा र अर्को आँखा भारतकै महाराजगन्ज निवासी ५८ वर्षीया ‘शुक्ला’ थरकी महिलामा सफल प्रत्यारोपण भएको भैरहवा आँखा अस्पतालले जनाएको छ ।

डा डङ्गोलले सरस्वती क्याम्पस, त्रिविवि बौद्ध अध्ययन विभाग, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतमा लामोसमय सेवा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>