समाचारशनिबार, मंसिर १३, २०७१
भारतीय दर्शनार्थीले सीमा पारी नै पशु बलि चढाए
भारतको सर्वोच्च अदालतले पशु बलि चढाउन रोक लगाएपछि एसएसबीले पशु ल्याउन दिएको थिएन । प्रहरीले रोक लगाएपछि सीमावर्ती भारतीय बजारका दर्शनार्थीले सीमा क्षेत्रमा नै पशुको बलि दिएका हुन् ।
गढीमाईको दर्शनका लागि पशु बलि दिन आएका सयौँ दर्शनार्थीलाई एसएसबीले सीमामा रोकेका थिए । गढीमाई मेलामा जान नपाएपछि भाकल गरिएका कारण पशुलाई घर नलगी सीमा क्षेत्रको चौरमा बलि दिएपछि त्यही मासु पकाएर खाएका थिए ।
