थप समाचारशनिबार, मंसिर १३, २०७१
अाफ्नैलाई बेच्नेहरु
तामाङ र दलित समुदायका महिला प्रायः विक्री हुने गरेको छ । ती मध्ये ८० प्रतिशत आफन्तबाटै विक्री हुने गरेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था कोसेली नेपालले जनाएको छ ।
आफन्तकै संलग्नतामा बिक्री हुने गरेको र भारतमा आफ्नै कोठी भएकाले अपराधीहरु कानुनी दायरामा ल्याउन नसकिएको कोसेली नेपालका अध्यक्ष अस्मिता थापाले बताए । महिला बिक्री भएको जानकारी रहँदा पनि पीडित पक्षले कानुनी कारबाहीका लागि उदासीनता देखाएका कारणले समस्या भएको थापा बताउँछन् ।
