समाचारशनिबार, मंसिर १३, २०७१
बस दुर्घटनामा मृत्यु हुनेकोे संख्या १२ पुग्यो, सबैको सनाखत
डोटीबाट महेन्द्रनगरका लागि छुटेको ना. ५ ख. ५४२० नम्बरको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २९ जना घाइते छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
१३ मंसीर बिहान २ बजे कैलालीको सहजपुर गाविस–२ भाँसुभीर नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेहरुमा डोटीको डौड–१ की ३२ वर्षीया तिपरी नागरी, दौड–५ की ५२ वर्षीया बिस्ना भण्डारी, दौड–४ का २८ वर्षीय टेक बोगटी, दौड–१ का ३५ वर्षीया तुली नागरी, ४० वर्षीय रेनुवा नागरी, ४० वर्षीय बिरे लुहार, दौड– ५ का ३२ वर्षीय जन्मबहादुर भण्डारी, बासुदेवी–७ की ३५ वर्षीया भुजी नेपाली, ७ वर्षीय सागर नेपाली, ३० वर्षीय ठूले नेपाली, गगुडा गाविसका ३३ वर्षीय प्रेमबहादुर कामी र कलु नागरी रहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु मध्ये ८ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाईतेहरुको कैलालीको अत्तरियास्थित १४ जनाको सेवा नर्सिङ्ग होम र ९ जनाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते ६ जनालाई उपचारका लागि भारतको पिलभित लगिएको कैलालीका प्रहरी उपरीक्षक बिक्रम बहादुर चन्दले जानकारी दिए ।
सेवा नसिङ्ग होममा डोटीको डौडकी ३६ वर्षीया बिस्ना नागरी, ७ वर्षीया गोलमाया नागरी, २० वर्षीया कल्पना नेपाली, २ वर्षीया रिता नेपाली, कञ्चनपुर दैजीका २० वर्षीय नविन भट्ट, डोटी डौडका २० बर्षीय दीपक नागरी, १५ वर्षीय करन नागरी, १२ वर्षीय सन्तोस दमाई, जोगबुढा ३ का २० वर्षीय सिद्धार्थ बिक, जोडबुढा १ का ४० वर्षीय हर्का नेपाली, जोगबुढा १ का २८ वर्षीय बम बहादुर नेपाली, २३ वर्षीय करन नेपाली, २२ वर्षीय महेन्द्र नेपाली, १८ वर्षीय कमल नेपालीको उपचार भइरहेको छ ।
यसैगरी पद्मा अस्तालमा डोटीको डौड गाविसका ३९ वर्षीय नारद वोगटी, दहकाली गाविसका २९ वर्षीय नरेन्द्र बिक, २५ वर्षीय कृष्ण भण्डारी, डौडकै वर्र्षीया २५ माया भण्डारी, उनकी छोरी पुजा भण्डारी, २८ वर्षीया सेतु बिक, बर्खबहादुर बोगटी, बासुदेवी गाविसकी ११ वर्षीया सरु नेपाली, डौड ५ का हर्क खडका, घडारी ४ का १३ वर्षीय कृष्ण भण्डारी, डौड ४ का ६८ वर्षीय लक्ष्मण भण्डारी, बासुलिंक २ का १७ वर्षीय राम नेपाली, बान्डुरसैन गाविस ३ का १९ वर्षीय चक्रबहादुर बिष्ट, दौड १ का ३५ वर्षीय माने नागरी, ३० वर्षीय टिका नेपालीको उपचार भइरहेको छ ।
चालक जनक गरी र सहचालक नविन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको देखिएको एसपी चन्दले बताए । टायर पञ्चर भएको भन्दै चालक बसबाट ओर्लिएको केही बेरमै बस भीरबाट खसेको घाइतेहरुले बताएका छन् । बस भीमदत्त राजमार्गबाट करिब ४ सय मिटर तल खसेको जनाएको छ ।
बच्चु बिक
