थप समाचारआइतबार, मंसिर १४, २०७१
पर्यटकको शव फेला
हुदहुद आँधीको प्रभावले २८–२९ असोजमा आएको हिमपात तथा हिउँपहिरोमा परेर ज्यान गुमाएको एक जापानिज पर्यटकको शव फेला परेको छ । मनाङको विकट मानिने खाङसार–९ तिलिचोमा कोजी ईनोउ नाम गरेका जापानिज पर्यटकको शव फेला परेको हो ।
ईनोउको पासपोर्ट नम्बर टिजी ७८७०४७१ रहेको छ भने जन्म मिति २४ जुन १९८१ छ । २४ अगष्टमा नेपाल आएका उनको भिसा नोभेम्बर २२ तारिखसम्म मात्र रहेको पासपोर्टमा उल्लेख छ ।
स्थानियबासिन्दाले प्रहरीलाई खबर गरेपछि हुम्डेस्थित प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक राजु लामाको टोली उक्त स्थानमा पुगेको थियो । शव फेला परेको बारे जापानी दुतावासमा जानकारी गराएको मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
हुदहुद आँधीका कारण अन्नपुर्ण पदमार्गमा मात्र ४० जना भन्दा बढी विदेशी पर्यटकको मृत्यु भएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।
युवराज श्रेष्ठ, लमजुङ
