समाचारआइतबार, मंसिर १४, २०७१
नयाँ क्रान्तिमा होमिएको चन्दको उद्घोष
चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उनले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गरे । तर, कस्तो क्रान्ति भन्नेबारे उनले केही खुलाएनन् ।
नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै उनले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले क्रान्तिको नाममा अवसरवादीहरु हावी भएको र नेपाली जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएकाले आफूले विद्रोहमा उत्रनुपरेको बताए ।
