समाचारआइतबार, मंसिर १४, २०७१

अर्को क्रिकेट दुर्घटनाः बलले लागेर अम्पायरको मृत्यु

हिमालखबर

तस्वीर: इजरायल क्रिकेट एशोसिएसन ।

हिलेल अस्कर । तस्वीर: इजरायल क्रिकेट एशोसिएसन

प्रत्यक्षदर्शीका अनुसार फास्टबलरको बल स्टम्पसँग ठोक्किएपछि उछिट्टिएर अम्पायर हिलेल अस्करको अनुहारमा ठोक्किएको थियो ।

इजरायली क्रिकेट संघका अनुसार ५५ वर्षीय अम्पायर अस्कर राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत थिए ।

यो घटना अष्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको मृत्यु भएको दुई दिनपछि शनिबार भएको एएफपीले जनाएको छ ।

क्रिकेट प्रतियोगितामा अम्पायरहरुले खेलाडीजस्तो हेल्मेट लगाउँदैनन् ।

पाँच वर्षअघि वेल्समा फिल्डरले फ्याँकेको बल लागेर एक अम्पायरको मृत्यु भएको थियो ।

‘टाइम्स अफ इजरायल’ का अनुसार स्वास्थ्यकर्मीहरु फिल्डमा पुग्दा अस्करको श्वासप्रश्वास बन्द भइसकेको थियो । उनलाई तत्कालै ब्राजिलाइ अस्पताल पुर्‍याइयो जहाँ चिकित्सकले अस्करको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>