समाचारआइतबार, मंसिर १४, २०७१
दुई तिहाईको दम्भ त्याग्न २० दलको आग्रह
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा १४ मंसीरमा बसेको मोर्चाको बैठकले संविधान निर्माण प्रक्रिया अल्पमत र बहुमतको आधारमा अगाडि बढ्न नसक्ने भएकाले सबैले अपनत्व महसुस गर्नेगरी अगाडि बढाउन सरकारमा रहेका दललाई पुनः आग्रह गरेको छ ।
सरकारमा रहेका दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई अगाडि बढ्न नदिने ध्येयका साथ नौ बुँदे प्रस्ताव पेस गरेको र १ मंसीरमा ४३ सभासद्को हस्ताक्षर बुझाएको आरोप लगाउँदै मोर्चाले दुई तिहाइको दम्भ नराख्नसमेत ती दललाई अनुरोध गरेको छ ।
