समाचारआइतबार, मंसिर १४, २०७१
लोकमानलाई जलस्रोत समितिले फेरि बोलायो
गगन थापा सभापति रहेको कृषि तथा जलस्रोत समितिले काबेली ‘ए’लगायत जलविद्युत् आयोजनाका सम्बन्धमा छलफल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई समितिको बैठकमा उपस्थित हुन पत्र पठाएको छ ।
यसअघि समितिले बोलाउदा प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियार अनुगमन तथा सुशासन समिति बाहेक अन्य समितिको क्षेत्राधिकारभित्र नपर्ने भन्दै जान अस्वीकार गरेका थिए । तर, १४ मंसीरमा बसेको जलस्रोत समितिको बैठकले कावेली आयोजनाको सम्बन्धमा अख्तियारले दिएको निर्देशन अवैधानिक भएको र क्षेत्राधिकार मिचेको भन्दै छलफलका लागि आयोगलाई बोलाउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
