थप समाचारसोमबार, मंसिर १५, २०७१
एमाओवादी संविधान निर्माणको बाधकः देउवा
कांग्रेसका वरिष्ठ नेता देउवाले एमाओवादीले बखेडा झिकेर संविधान निर्माणमा बाधा पुर्याएको आरोप लगाएका हुन् । बिर्तामोडमा १५ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “समयमा नै लोकतान्त्रिक संविधान जारी गर्ने सवालमा हामी लचिलो भएका छौं, तर एमाओवादी आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको हो ।”
संविधान जारी गर्ने मिति अझै दुई महीना बाँकी रहेकाले विवादित मुद्दालाई सहमति र सहकार्यमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले ८ माघमै संविधान जारी गर्न संभव रहेको प्रष्ट पारे ।
रासस
