समाचारसोमबार, मंसिर १५, २०७१
सडक छेउका विरुवा कुल्चने पक्राउ
तपाईँ काठमाडौंको सडकमा बाटो काट्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । जथाभावी बाटो काट्नेलाई प्रहरीले नियन्त्रणमा लिदैछन् ।
१४ मंसीरमा मात्रै काठमाडौंका विभिन्न ठाउँबाट २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई ट्राफिक नियम उल्लङ्घन गर्दै सडक बगैंचा कुल्चिएर बाटो काट्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्क सम्मेलनका बेला व्यवस्थित गरिएको सडकमा पनि पहिलेजसरी बाटो काट्नेलाई प्रहरीले नियन्त्रणमा लिएर नैतिक शिक्षा दिन थालेको हो । जथाभावी बाटो काट्नेलाई प्रहरीले सार्वजनिक मुद्दा समेत दायर गर्ने भएको छ ।
सडक छेऊमा रोपिएका विरुवा कुल्चने, उखेल्ने र चोर्नेलाई सार्वजनिक मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
