समाचारसोमबार, मंसिर १५, २०७१

एमालेद्वारा राष्ट्रिय सरकार गठनको प्रस्ताव

हिमालखबर

एमाले र मधेशी दलबीच भएको छलफलमा सहभागी नेताहरु । तस्वीरः आनन्दराम डंगोल

एमाले र मधेशी दलबीच भएको छलफलमा सहभागी नेताहरु । तस्वीरः आनन्दराम डंगोल

संविधान निर्माणको प्रक्रिया अवरुद्ध भइरहेको बेला नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा १५ मंसीरमा मधेशी दलसँगको छलफलमा एमालेले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेको हो ।

बैठक पछि एमाले नेता झलनाथ खनालले आफूहरुले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेको बताए । उनले भने, “संविधान जारी गर्नु अघि राष्ट्रिय सरकार गठन भए संविधान जारी गर्न सजिलो हुन्छ, त्यसैले हामीले यस्तो प्रस्ताव गरेका हौं ।”

सबै मिलेर सरकार गठन गरी संविधान जारी गर्न पाए सजिलो हुने उनको भनाइ छ ।

बैठकपछि बाहिरिने क्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमालेको प्रस्तावले आफूहरुलाई काउकुति लगाउन खोजिएको प्रतिक्रिया दिए । मधेशी दलका नेताले सहमतिमा संविधान नबनेसम्म सरकारमा नजाने आफूहरुको प्रतिवद्धता यथावत रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>