समाचारसोमबार, मंसिर १५, २०७१

चन्दद्वारा नयाँ पार्टी घोषणा, सत्ता साझेदारीका लागि संघर्ष गर्ने

हिमालखबर

तस्वीरः रासस

तस्वीरः रासस

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धबिच्छेद गरेका नेत्रबिक्रम चन्दले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघरमा १५ मंसीरमा चन्दको नेतृत्वमा घोषणा भएको नयाँ पार्टीको नाम नेकपा माओवादी राखिएको छ ।

एकीकृत क्रान्ति गर्ने भन्दै उनको समूह मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएको थियो । उनीहरुले ११–१३ मंसीरमा छुट्टै भेला गरेका थिए ।

नेकपा माओवादीले २३–२५ पुसमा पहिलो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ । यस्तै, राज्य इलाका र सेलसम्म पार्टी पुनर्गठन गर्ने निर्णय पनि भएको माओवादीले जनाएको छ ।

पत्रकार सम्मेलनमा चन्दले विगतमा भएका सहमति र सम्झौता अनुसार सत्ता साझेदारीका लागि संघर्ष गर्ने बताएका छन् । उनले संविधानसभा विघटन गरी अधिकार सम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन गर्नुपर्ने बताए ।

उनले हतियार नउठाउने पनि प्रष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>