समाचारसोमबार, मंसिर १५, २०७१
मकवानपुरमा सुमो दुर्घटना, तीनको मृत्यु
हेटौडा–काठमाडौं वैकल्पिक मार्गअन्तर्गत मकवानुपरको सिस्नेरी थिङडाँडामा दुर्घटना भएको छ । १५ मंसीरमा भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा रौतहट कनकपुर सिमरी–५ का सुर्य कुसुवारको मृत्यु भएको छ । मृत्यु हुने अन्य दुइृ पुरुषको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित सात जना घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
ना १ ज २७६६ नम्बरको टाटा सुमो सडकबाट झण्डै दुई सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अशोकसुजन श्रेष्ठ, हेटौँडा
