समाचारमंगलबार, मंसिर १६, २०७१
सत्ता साझेदार दलको प्रस्ताव संविधानसभामा पठाइँदैनः बाबुराम
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ज्ञापनपत्र बुझ्दै एमाओवादी नेता बाबुराम भट्टराईले पछिल्ला दिन राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलेसँगै संविधान लेखनको कामसमेत ओझेलमा परेको दाबी गरेका छन् ।
‘‘राष्ट्रिय सहमतिको सरकार गठन हुने विषय गलत नभएपनि त्यस्तो सरकार ८ माघ अगाडि हो वा पछाडि हो भन्ने विषयमा प्रस्ट पारी सहमति कायम गर्न दलहरूलाई म विशेष आग्रह गर्दछु’’ भट्टराइृले भने ।
दलहरूले सहमतिका आधारमै संविधान जारी गर्न केही दिन समय दिनुपर्यो भन्ने आग्रह गरेकाले १७ मंसीर दिउँसो दुई बजेसम्मका लागि सम्वाद समितिको बैठक स्थगन गरिएको उनले बताए ।
भट्टराइले भने, “दलहरूबीच अनौपचारिक छलफल चलिरहेको छ भन्ने सुनेको छु, आशा गरौ बुधबारसम्म केही न केही सहमति हुन सक्छ, सहमति भएन भने पनि सम्वाद समितिमा विवादित विषयलाई अड्काएर राख्न मिल्दैन, उहाँहरूले बाटो खोलिदिनुपर्दछ ।”
उनले सहमति नभएसम्म सत्तारुढ दलको तर्फबाट पेस गरिएको प्रस्ताव अनुसूचिमा राखेर संविधानसभामा पठाउन सकिए पनि प्रस्तावकै रुपमा भने नपठाउने बताएका थिए ।
