समाचारमंगलबार, मंसिर १६, २०७१

६१ नयाँ नगरपालिका घोषणा

हिमालखबर

मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नयाँ नगरपालिका थप्ने निर्यण गरेको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्रै १० वटा नगरपालिका थप भएका छन् भने भक्तपुरमा ४ र ललितपुरमा ३ वटा थपिएका छन् । यो सँगै काठमाडौं र भक्तपुर जिल्ला गाविसविहिन भएका छन् ।

समितिले प्रस्तावित ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहुँको भिमाद रिसिङ र भानु तथा बर्दियाको बबै नगरपालिका भने थप अध्ययन् गर्नु पर्ने भन्दै अस्वीकृत गरेको छ ।

त्यसैगरी इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी भएको छ । हाल ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा गरी चारवटा उपमहानगरपालिका छन् ।

थपिएका नगरपालिकाको सूचि
काठमाडौः गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरपुरा, चन्द्रागिरी, कागेश्वरी, मनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ

भक्तपुरः अनन्तलिंगेश्वर, सूर्य विनायक, चाँगुनारायण, महामञ्जुश्री र नगरकोट

ललितपुरः कार्यविनायक, गोदाबरी र महालक्ष्मी

बैतडीः पाटन

बाजुराः बडिमालिका

डडेलधुराः परशुराम

कञ्चनपुरः  चाँदनी दोधारा र झलारी पिपलाडी

बर्दियाः सानोश्री, ताराताल र बाँसगढी

कैलालीः भजनी त्रिशक्ति, घोडाघोडी

सुर्खेतः भेरी गंगा

रुकुमः मुसिकोट

रोल्पाः लिवाङ

दाङः लमही र त्रिपुर

कपिलवस्तुः बाणगंगा र बुद्धबाटिका

मोरङः लेटाङ भोगटेनी

सिन्धुलीः दुधौली

सुनसरीः रामधुनी भाषी

बाराः गढीमाई, सिम्रौनगढ र कोल्हवी

पर्सा पोखरीया

धनकुटाः पाख्रीबास

रौतहटः गरुडा

सप्तरीः सप्तकोशी

सिरहाः गोलबजार

महोत्तरीः बर्दीबास

धुनषाः गणेशमान चारनाथ, मिथिला र सबैला

भोजपुरः खडानन्द

संखुवासभाः मादी

चितवनः माडी र नारायणी

काभ्रेः काशीखण्ड

सिन्धुपाल्चोकः मेलाम्ची

सोलुखुम्बुः दूधकुण्ड

लमजुङः सुन्दरबजार

इलामः देउमाई

झापाः शिवसताशी

रामेछापः मन्थली र रामेछाप

दोलखाः जिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>