समाचारमंगलबार, मंसिर १६, २०७१
दुई किलो सुनसहित तस्कर पक्राउ
सीआईबीले सुन तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न काठमाडौं–३ महांकालमा बस्दै आएका सोलुखुम्बु लोखिम–९ का दालाक्पा शेर्पामा १६ मंसीरमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनले बौद्धस्थित किराना पसलमा दुई किलो सुन र हजार युरो लुकाइराखेको अवस्था फेला परेको सीआईबीको भनाइ छ । अवैध रुपमा सुनको ओसारपसार तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बरामद गरेको सुन र विदेशी मुद्रासहित उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभागमा पेश गरेको सीआईबीले जनाएको छ ।
