समाचारमंगलबार, मंसिर १६, २०७१

केरुङमा रात बस्न नपाइने

हिमालखबर

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानका अनुसार रसुवा जिल्लावासीबाहेक अन्य जिल्लाका नेपालीलाई एकदिने अस्थायी प्रवेशाज्ञा मात्र उपलब्ध हुने भएकाले केरुङमा रात बिताउन नपाउने र बिहान चिनियाँ भूभाग गएपछि साँझ नेपाल फर्कनुपर्ने छ ।kerung

यसअघि दुवै क्षेत्रमा अध्यागमन नहुँदा आपसी समन्वयका आधारमा केरुङ पुगेका नेपाली साँझ उतै बास बस्दै आएका थिए ।

नेपाल–चीन सीमा क्षेत्रका प्रस्थान/प्रवेश अनुमतिपत्र पाएका रसुवाली नागरिकले भने चीन सरकारले निर्धारण गरेको क्षेत्रमा आफ्नो इच्छाअनुसार घुम्न र बस्न पाउने छन् ।

नेपाल–चीनबीच सामान आयात निर्यात गर्ने व्यवसायी र ट्रक व्यवसायीलाई एकवर्षे प्रवेशाज्ञा दिइने र आवश्यकताअनुसार ओहोरदोहोर गर्न दिइने छ ।

यस्तै इराक, अफगानिस्तान, घानालगायत ११ देशका नागरिकबाहेक नेपाल घुम्ने अनुमति पाएका अन्य देशका नागरिकले चीनको भू–भागमा जान चाहे एकापसी समन्वय र आ–आफ्नो मुलुकको नीतिनियमको अधिनमा रही अनुमति दिन सकिने प्रमुख प्रधानले जानकारी दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>