समाचारमंगलबार, मंसिर १६, २०७१
एमाले सभासदलाई मोबाइल चलाउने तालिम
एमालेले १५ मंसीरमा आफ्ना सभासदहरुलाई स्मार्टफोन, ल्यापटप, इन्टरनेटलगायतबारे तालिम दिएको सभासद पीके राईले बताए । उनका अनुसार तालिममा ५० भन्दा बढी सभासद सहभागी थिए ।
एमालेले नयाँ प्रविधिबारे सभासदहरुलाई अपडेट गराउन भन्दै तालिम आयोेजना गरेको थियो । तालिममा ग्रुप मेल, फेसबुक, ट्वीटर, भाइबरलगायतबारे पनि प्रशिक्षण दिइएको थियो ।

