समाचारमंगलबार, मंसिर १६, २०७१

‘चीनसँग बिप्पा सम्झौता गरिने’

हिमालखबर

mahesh basnet 2प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले वैदेशिक लगानी भित्र्याउन भारतसँग बिप्पा सम्झौता भइसकेको र अब चीनसँग पनि गरिने बताएका छन् ।

सरकारले कृषि, जलविद्युत्, पर्यटन, घरेलु उद्योगलगायत क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताउँदै उनले देशका विभिन्न जिल्लामा औद्योगिकीकरणका कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए ।

मन्त्री बस्नेतले कैलालीको तालबन्ध र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने पहल भइरहेको बताए । कैलालीको तालबन्धमा औद्योगिक क्षेत्र बनाउन रु ४५ लाख बजेट छुट्याएको समेत उनले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>