समाचारमंगलबार, मंसिर १६, २०७१

भट्टराईले ओलीलाई आश्वस्त पारे, ‘वालुवाटारको सहमति अनुसार काम गर्छु’

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

तस्वीर: आनन्दराम डंगोल

एमाले अध्यक्ष केपी ओली र एमाअाेवदी नेता बाबुराम भट्टराइबीच १६ मंसीरमा भएको भेटबार्तामा भट्टराईले तीन दलबीच ६ मंसीरमा प्रधानमन्त्री निवास वालुवाटारमा भएको सहमति अनुसार काम गर्ने बताएको ओलीका स्वकीय सचिव रमेश आचार्यले हिमाललाई जानकारी दिए । ‘‘तपाइँहरु (कांग्रेस–एमाले) को प्रस्तावलाई संविधानसभामा लैजानेबारे पार्टी (एमाओवादी) मा छलफल भइरहेको छ,’’ भट्‍टराईको भनाई उद्धृत गर्दै आचार्यले भने ।

एमाले अध्यक्ष ओलीले भट्टराईलाई प्रस्ताव अघि बढाएर संविधान निर्माण कार्यको बाटो खुल्ला गरिदिन आग्रह गरेका थिए । उनले भट्टराईलाई सम्वाद समितिले संविधानसभा बन्धक बनाएको भनेपछि भट्टराईले आफ्नो समिति बाधक नबन्ने बताएका थिए ।

भेटवार्तामा स्वास्थका कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने जान सकेका थिएनन् । एमालेका तर्फबाट भने उपाध्यक्षद्वय बामदेव गाैतम र विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखेरललगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>