समाचारबिहीबार, आश्विन २५, २०६९

५५ रुपियाँ केजी नुन पाउँदा दङ्ग

हिमालखबर

पहिलो पटक सहुलियतमा नुन पाएका छेस्कामबासीले प्रतिकेजी रु ७५ तिर्दै आएका थिए । छेस्कामका दुर्गा कुलुङले सहुलियतमा नुन किन्न पाउँदा गाउँलेहरू खुशी भएको बताए ।

सल्लेरीबाट छेस्कामसम्म ढुवानी भाडा प्रतिकेजी रु. ४२ पर्छ । यसपटक उनीहरुले प्रतिघर १४ केजीका दरले नुन पाएका छन् । स्थानीय सहकारीले बिक्रीको जिम्मा लिएपछि गाउँले पहिला भन्दा सस्तोमा नुन पाएका हुन ।

त्यस्तै गुदेल गाविसमा पनि स्थानीय सहकारीबाट नुन वितरण गर्न थालिएको छ । गुदेलमा भने प्रतिकेजी रु. ५० मा वितरण गरिएको नुन वितरक कितावसिंह कुलुङले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>