समाचारबुधबार, मंसिर १७, २०७१

ट्रक व्यवसायी आन्दोलनमा, देशभर ढुवानी सेवा ठप्प

हिमालखबर

यातायात क्षेत्रप्रति राज्य जिम्मेवार नभएको भन्दै यातायात व्यवसायीले १७ मंसीरदेखि अनिश्चितकालका लागि ढुवानी सेवा ठप्प पारेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नारायणी यातायात व्यवसायी सङ्घ र तराई यातायात व्यवसायी सङ्घअन्तर्गतका सम्पूर्ण मालवाहक सवारी साधनले अनिश्चितकालका लागि ढुवानी बहिष्कार गरेका हुन् ।

आन्दोलनरत यातायात व्यवसायीले एकै खालको सवारी साधनलाई पनि फरक–फरक भारबहन क्षमताको सवारी साधन भनेर ब्लु बुकमा उल्लेख गर्ने व्यवस्था खारेज गर्नुपर्ने, सवारी जाँचका नाममा ट्राफिक प्रहरीले गर्दै आएको ज्यादति बन्द गर्नुपर्ने, खुद्रा सामान ओसारपसारमा बढीमा १० प्रतिशत सम्मलाई छुट दिनुपर्ने लगायतका आठ बुँदे माग राखेका छन् ।

त्यस्तै, उनीहरुले सवारी दुर्घटनाको ठोस अनुसन्धान गरेर दोषी ठहरिएका चालकबाहेक हचुवाका भरमा चालकलाई दुःख दिने कार्य बन्द गर्नुपर्ने, यातायात मजदुरको योग्यता एसएलसी पास हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्नेलगायतका माग पनि राखेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>