समाचारबुधबार, मंसिर १७, २०७१

जोगिमारामा ट्रक दुर्घटना: ४ को मृत्यु, २ घाइते

हिमालखबर

jogimaraकाठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा-२ हुग्दी खोलामा १७ मंसीर मध्याह्न दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा पर्साको चोरनी–९ का फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अर्का एकजना मृतकको भने सनाखत भएको छैन । चारै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको छ ।

घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको ट्रक एक्कासी पुलबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आजै विहान बर्दियाको रम्मापुरमा काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस बर्दियाको रम्मापुरमा दुर्घटना हुँदा २ जनाको मृत्युको भएको थियो भने १५ जना गम्भीर घाइते छन् ।

सानुबाबु तिमिल्सिना, धादिङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>