समाचारबुधबार, मंसिर १७, २०७१

नेपालमा भ्रष्टाचार झनै बढ्यो

हिमालखबर

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल दुई अङ्क तल झरेको छ । नेपालले कुल १०० अङ्कमा २९ मात्र पाएको छ । गत वर्ष नेपालले ३१ अङ्क प्राप्त गरेको थियो ।

विश्वभर एकैपटक प्रकाशित भएको प्रतिवेदनले विश्वमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । भ्रष्टाचार कम हुने देशको सूचीमा ९२ अङ्कका साथ डेनमार्क पहिलो स्थानमा छ भने सबैभन्दा कम आठ अङ्कका साथ सोमालिया र उत्तर कोरिया सबैभन्दा तल छन् ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ ।

यस वर्षको सूचीमा कुल १७५ राष्ट्रमध्येमा दुई तिहाईभन्दा बढी मुलुकले सिपिआइमा ५० भन्दा कम अङ्क पाएका छन् । विश्वव्यापी अवधारणाअनुसार ५० भन्दा कम अङ्क ल्याउने देशलाई भ्रष्टाचारजन्य देश मानिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>