समाचारबिहीबार, आश्विन २५, २०६९

सरकारद्वारा अस्पतालको नाम फेर्ने निर्णय

हिमालखबर

२५ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथा अञ्चल अस्पताललाई गजेन्द्रनारायण सिंह अस्पताल, लहानस्थित बाल अस्पताललाई शहीद रमेश महतो अस्पताल र गुलरिया अस्पताललाई जिल्ला अस्पताल बर्दिया नामकरण गर्ने निर्णय गरेको छ ।

सरकारले विभिन्न निकायमा रिक्त रहेका स्थानमा सचिव नियुक्ति गर्ने अपेक्षा गरिएको भए पनि मन्त्रीपरिषद्मा चर्को विवाद भएपछि आज पनि सचिव नियुक्त हुन सकेन । मन्त्रीपरिषद् बैठकमा एमाओवादी र मधेशी मोर्चाकामन्त्रीहरु बीच सचिव चयनमा विवाद छ ।

त्यसैगरी सरकारले २४ असोजमा दिवङ्गत भएका ‘जिउँदो शहीद’ वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । स्वर्गीय शर्माको अमरत्वका लागि राज्यका तर्फबाट दिइने सम्मानका बारेमा परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।

त्यस्तै बैठकले झपट बोहराको संयोजकत्वमा पाँच सदस्यीय सुदूरपश्चिमाञ्चल विकास आयोग गठन गरेको छ भने भूमिसुधार मन्त्रालयका उपसचिव हृदयनाराण मिश्रलाई सहसचिवमा बढुवा गरेको छ । राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव सुर्खेतलाई रु १० लाख सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>