समाचारबिहीबार, मंसिर १८, २०७१

जथाभावी फोहोर फाल्नेलाई हतकडी

हिमालखबर

४ दिनयता दैनिक ८०/९० जनाका दरले पक्राउ परिरहेका छन् । उनीहरुलाई २ हजारसम्म जरिवाना र नैतिक शिक्षा पढाएर छोड्ने गरिएको छ ।

१७ मंसीरमा मात्रै प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट फोहोर फाल्दै गरेको अवस्थामा ९० जनालाई पक्राउ गरिएको छ । घरायसी फोहोर फाल्नेलाई १ हजार र होटलपशलको फोहोर फाल्नेलाई २ हजार जरिवाना गरिन्छ ।

जरिवानाबाट दैनिक झण्डै डेढ लाख रुपैयाँसम्म उठ्ने गरेको महानगरी प्रहरी प्रमुख धनपति सापकोटाले बताए । उनले भने, ‘‘फोहोर उठाउन आउने गाडीमा फोहोर फाल्ने व्यवस्था हुँदाहुँदै जथाभावी सडकमा फोहोर फाल्नेहरुलाई पक्राउ गरिएको हो ।’’

पक्राउ पर्नेहरुले अवदेखि कहिले पनि सडकमा जथाभावी फाेहाेर फाल्दिन भन्ने कागजमा हस्ताक्षर गरेर छुट्ने गरेका छन् ।

प्रहरीले काठमाडौंका सडक छेऊको विरुवा कुल्चनेलाई पनि पक्राउ गरिरहेको छ । तस्वीरहरु: डम्बरकृष्ण श्रेष्ठ

11

फाेहाेर फाल्नेलाई प्रहरीले पक्राउ गरेर ल्याएपछि महानगरपालिकास्थित प्रहरी कार्यालयमा ।

22

फाेहाेर फाल्नेलाई प्रहरीले पक्राउ गरेर ल्याएपछि महानगरपालिकास्थित प्रहरी कार्यालयमा ।

 

2222

फाेहाेर फाल्नेलाई प्रहरीले पक्राउ गरेर ल्याएपछि महानगरपालिकास्थित प्रहरी कार्यालयमा ।

33

पक्राउ पर्नेहरुकाे विवरण

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>