समाचारबिहीबार, मंसिर १८, २०७१
कार्बाहीमा परेका लावतीको छुट्टै कार्यालय
पार्टी अध्यक्षबाट असन्तुष्ट रहेका लावतीले काठमाडौंको सुन्धारामा छुट्टै कार्यालय सञ्चालनमा ल्याएका छन् । देशभरका जिल्लाबाट आफ्ना पक्षधर कार्यकर्ताको भेला गरेर पार्टी अध्यक्ष कमल थापाको राजिनामा मागेका लावतीले छुट्टै कार्यालयबाट गतिविधि सञ्चालन गर्न थालेका हुन् ।
२६ मनोनित मध्ये सिफारिसमा परेका गणेश थापालाई फिर्ता बोलाउनुपर्ने, अध्यक्ष थापाले राजिनामा दिनुपर्ने माग लावतीले राखेका छन् । अध्यक्ष थापाले भने लावतीलाई साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेको छ ।
पार्टीलाई हित विपरित काम गर्ने लावतीलाई कार्बाही गरिसकेकाले लावतीले छुट्टै कार्यालय खोल्नु अनौठो नभएको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले बताए ।
