समाचारबिहीबार, मंसिर १८, २०७१

संविधान जारी हुनेमा आशङ्का नगर्न गच्छदारको आग्रह

हिमालखबर

Gachhdarरिर्पोटर्स क्लबमा १८ मंसीरमा आयोजित कार्यक्रममा मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरुका बीचमा देखिएका विवादले संविधान निर्माणमा गतिरोध उत्पन्न भए पनि अब दलहरुबीच सहमति बन्दै गएकाले समयमै संविधान जारी हुने बताएका छन् ।

उनले संविधान नल्याइकन राजनीतिक उपलब्धि संस्थागत गर्न नसकिने र संविधानले मात्र मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिका लागि निश्चित बाटो तयार पार्ने भन्दै सङ्घीय राज्यको सीमाङ्कन र नामकरण जटिल विषय भएकाले त्यसमा दलबीच सहमतिको खाँचो रहेको औंल्याए ।

राज्यको पुनःसंरचना, शासकीय स्वरुप, सङ्घीयता र न्यायप्रणालीमा मधेसी मोर्चाबाट समान धारणा आउने भन्दै त्यसो हुन नसकेमा पनि आफ्नो दलले समयमै संविधान जारी गर्नका लागि सक्दै प्रयास गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>