समाचारशुक्रबार, मंसिर १९, २०७१
बाबुरामले प्रतिवेदन बुझाए
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले १९ मंसीरमा सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएका हुन् । लामो समयको विवादपछि उनले समितिको प्रतिवेदन बुझाएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् सवै पक्षका अवधारणा र मत जानकारीका लागि संविधानसभामा बुझाउने उल्लेख गरेका थिए ।
उनलाई स्वविवेकको अधिकार प्रयोग गरेर प्रतिवेदन बुझाउन भनिएको थियो ।
२३ मंसीरमा संविधानसभा बैठक
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले २३ मंसीरका लागि संविधानसभा बैठक बोलाएका छन् । १९ मंसीरमा प्रतिवेदन बुझ्दै उनले २३ मंसीर दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
