थप समाचारशुक्रबार, मंसिर १९, २०७१

पहिरोपीडित विद्यार्थीका लागि अक्षयकोष

हिमालखबर

पहिरोपीडित विद्यार्थीका लागि अक्षयकोष उनीहरुले सिन्धुपाल्चोकस्थित वनसाँघु मावि मांखामा रु.३ लाख रुपैयाँको ‘युनाइटेड किरात राई अर्गनाइजेशन अक्षयकोष २०७१’ स्थापना गरिदिएका छन् । अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले सोही विद्यालयमा अध्ययनरत कक्षा–१ की अनिशा तामाङ, कक्षा–४ की ल्हामु तामाङ र कक्षा–७ की सोनु तामाङलाई कक्षा दशसम्म निःशुल्क पढाउने सम्झौता समेत भएको छ ।

१८ मंसीरमा विद्यालयका प्रधानाध्यापक बलराम तिमिल्सिना र किरात राई यायोक्खाकी अध्यक्ष यशोदा राईबीच सम्झौता भएको हो ।

अमेरिकामा बस्दै आएका राई समुदायले धौलवीर राईको संयोजकत्वमा राहत संकलन समिति गठन गरी रकम जम्मा पारेका थिए । सो रकम किरात राई यायोक्खामार्फत् विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।

पहिरोमा परी सबैभन्दा बढी पीडित भएको आधारमा विद्यालय व्यवस्थापन समितिले तीन जनाको नाम सिफारिश गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>