समाचारशुक्रबार, मंसिर १९, २०७१
प्रक्रिया छोट्याइए ८ माघमा संविधानः नेम्बाङ
संविधानसभा अध्यक्ष नेम्बाङले दलहरुबीच सहमति जुटे ८ माघमै संविधान जारी हुने बताएका हुन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले १९ मंसीरमा पेश गरेको समितिको प्रतिवेदन बुझ्दै नेम्बाङले संविधान जारी गर्न केही प्रावधान निलम्बन गर्नेमा दलहरुले सहमति जनाए ८ माघमै जारी हुने दाबी गरे ।
उनले भने, “दलहरुले संविधानका आधारभूत विषयमा सहमति जुटाएमा तथा संविधान जारी गर्न केही प्रावधान निलम्बन गर्नेमा सहमति जनाएमा ८ माघभित्रै संविधान जारी गर्न सकिन्छ ।”
