समाचारबिहीबार, आश्विन २५, २०६९
दशैं टिका ८ कार्तिक विहान साढे एघार बजे
पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडा दशैंको पहिलो दिन घटस्थापना ३० असोज बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ । समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले दिएको जानकारी अनुसार ८ कात्तिक बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जनको साइत रहेको छ ।
